अपडेट 
२०८१ श्रावण ४, शुक्रबार १७:३५

मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष जोड दिनुपर्ने बताएका छन् ।

आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’

उनले मधेशका आठवटै जिल्लामा उद्योग विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, उद्योगमैत्री वातावरण निर्माण र थप रोजगारी सृजना गर्न सबै स्रोत साधन परिचालन गर्नेमा जोड दिने निर्णय पनि गरेका छन् ।

सप्तरीको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद मिया जनमत पार्टीबाट मन्त्री बनेका छन् ।

Comment


Related News

Latest News

Trending News