अपडेट 
२०८१ श्रावण ५, शनिबार ०७:५१

मानवीय संवेदनासंग जोडिएको सीमलतालको कहाली लाग्दो त्रासदीय घटनाप्रति मधेश प्रदेश सरकारले खासै चासो नराखेको देखिएको छ ।

सो घटनामा मधेश प्रदेशको वीरगञ्ज र गौरबाट संचालन हुँदै आएको रात्रि सेवाकालीन बस सीमलताल दुर्घटनामा परी विलीन भएको करिब एक साता वितिसके पनि घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरी वास्ताविक बुझ् नुभन्दा पनि विपद् कोषबाट रकम दिइएको मिडियावाजी गरेर आफ् नो दायित्वबाट पञ्छिन खोजेको पीडित परिवारजनको आरोप छ ।

वीरगञ्ज र गौरबाट संचालन हुँदै आएको सो बसमा बारा, रौतहट र पर्साका अधिकांश यात्रु थिए । सो बसमा भारतीय नागरिक पनि रहेका थिए । सो बसमा रहेका ६५ यात्रु क्षणभरमै सीमलतालमा अज्ञात भएपछि तत्कालै खोजी कार्यसमेत थालिएको थियो । जसले गर्दा अहिलेसम्म नेपाल र भारततर्फ गरी २५ जनाको शव फेला परेको छ ।

बेपत्ताहरुको खोजी कार्य अझैसम्म पनि जारी नै रहेको नवलपुर प्रहरीले जनाएको छ । तर मधेश प्रदेश सरकारले प्रति मृतकलाई एक लाख रुपैयाँ दिने घोषणाका अतिरिक्त अहिलेसम्म सो घटनाबारे चासोसमेत नलिएको भन्दै रौतहटका दिलीप पाण्डेयले गुनासो गरे । मुख्यमन्त्री सतीशकुमार सिंहले केही दिन अघि मात्रै प्रति मृतक बराबर एक लाख रुपैयाँ दिने घोषणा गरे पनि रौतहट, बारा, पर्सा तथा भारतीय नागरिकहरुप्रति देखाउनुपर्ने सहानुभूति र मानवीयताबाट समेत चुकेको एवं जनताप्रतिको कर्तव्य र संवेदनशीलताप्रति गम्भीर नभएको टिप्पणी हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News