अपडेट 
२०८१ श्रावण ५, शनिबार १०:४२

आरक्षण विरोधी आन्दोलन भड्किएर हिंसात्मक बनेपछि बंगलादेशमा देशभर कर्फ्यु लगाइएको छ । 

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थीहरूको आन्दोलनले हिंसात्मक रूप लिएपछि सरकारले राष्ट्रव्यापी कर्फ्यु को घोषणा गरेको हो ।

शुक्रबार नरसिङ्दी कारागार आक्रमणमा सयौँ कैदी बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले कर्फ्यु घोषणा गरेको हो।

अब शान्ति सुरक्षा कायम गर्न सरकारले सेना परिचालनको तयारी गरेको छ ।

प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो ।

अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News