अपडेट 
२०८१ श्रावण ५, शनिबार १३:३६

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज एक पत्र लेखी ह्वीप जारी गरेको हो।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले एमाले सांसदहरुलाई आइतबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन्।

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।

चौथोपटक प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। कांग्रेस एमालेसहित ४ दलको नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

Comment


Related News

Latest News

Trending News