अपडेट 
२०८१ श्रावण ६, आईतवार ०८:५२

जानकी आँखा अस्पतालमा विभिन्न माग राख्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

अस्पताल सञ्चालन समितिका सभापति नरेशप्रसाद सिंहले एक्लौटी गरेको भन्दै कर्मचारीहरुले अस्पतालको गुणस्तरीयता, कर्मचारी सेवा सुविधा र अस्पतालमा करारका कर्मचारी भर्ना गरी भएका करोडौँ रुपैयाँको अनियमितता छानबिनको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनकै क्रममा शुक्रबार संघीय सरकारका दुई जना पूर्व स्वास्थ्य राज्यमन्त्रीसहित टोलीले अस्पताल घेराउ गरेका थिए ।

आक्रोशित सो भिडलाई नियन्त्रण गर्न खोजेपछि अस्पतालका एक जना कर्मचारीलाई दुव्र्यवहार गर्दै हातपात समेत गरेको थियो । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा केही कर्मचारी र पूर्वमन्त्रीसहितको टोलीबीचको घम्साघम्सी सुरु भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले छलफलको लागि दुवै पक्षलाई बोलाएका थिए ।

सो छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीले कर्मचारीकै पक्षमा केन्द्रित भएपछि पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य रामसिंह यादवले सत्यतथ्य छानबिन गरी अस्पताललाई बचाउनका लागि गम्भीर हुन आग्रह गरे ।

यता आन्दोलनरत्त कर्मचारीहरुले पटक पटक लामो समयदेखि अस्पतालको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी र कर्मचारीको हकहितसंगै अस्पतालको संरक्षण तथा संवद्र्धनका लागि आवाज उठाउँदै आएको छ । आन्दोलित कर्मचारीहरुले सात बुँदे माग राख्दै धर्नामा बसेका छन् ।

Comment


Related News

Latest News

Trending News