अपडेट 
२०८१ श्रावण ६, आईतवार ०८:५४

पर्सामा तस्करीमा स्कुल बसको दुरुपयोग गरेको पाइएको छ ।

विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामग्री तस्करी गर्ने गरेको रहस्य खुलेको छ । सिजी ग्रुपले सञ्चालन गरेको वीरगञ्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको दुई लाख त्रिसट्ठी हजार सात सय रुपैयाँ बराबरको सामग्री बरामद गरेपछि सो रहस्य खुलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वा पर्साले जनाए अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले दिल्ली पब्लिक स्कुलको प्रदेश २–०३–००१ क ०११६ को बस आफ्ना स्कुलमा अध्ययनरत विद्यार्थीलाई सीमावर्ती क्षेत्र भारत रक्सौलमा छोडेर नेपाल फर्किने क्रममा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट जादैँगरेको अवस्थामा चेकजाँच गर्दा सो परिमाणको सामग्री बरामद भएको बताए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बरामद गरिएको समान र बसचालक बारा परवानीपुर गाउँपालिका वडा ४ बस्ने वर्ष ४२ को किशोरी राम र सहचालक जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा १२ श्रीपुर बस्ने वर्ष ४२ को दीपक गिरीसहित बसेको मूल्याङ्कन ३० लाख कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।

उनले बस तथा समानको दाबी गर्न कोही पनि नआएको जानकारी दिए । दिल्ली पब्लिक स्कुलमा एसइई सरहको भारतीय परीक्षा बोर्डले लिने सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) गरी दुवै पद्धतिबाट पठनपाठन तथा परीक्षा लिने गरेको गरेको छ ।

Comment


Related News

Latest News

Trending News