अपडेट 
२०८१ श्रावण ६, आईतवार १३:०७

सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ ।

यसअघि गएको असार ७ गते डलरको भाउ एक सय ३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा आजको मूल्य २ पैसा धेरै हो ।

Comment


Related News

Latest News

Trending News