अपडेट 
२०८१ श्रावण ६, आईतवार १३:२१

नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

अरु विपक्षी दलहरूलाई पनि एकीकृत गर्दै जनताको आवाजहरूलाई उजागर गर्न सही तरिकाले नेतृत्व गर्ने निर्णय भएको पनि उनले सुनाए ।

बैठकमा माओवादीका सांसदहरूले जनसरोकारका विषयहरूलाई सदनमा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News