अपडेट 
२०८१ श्रावण ६, आईतवार १८:४५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४ जना सांसदले ओलीकाे विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नाे मत जाहेर गरे । आजकाे बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । कांग्रेस–एमालेबीचकाे सात बुँदे प्रस्ताव प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सार्वजनिक गर्नुभएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News