अपडेट 
२०८१ श्रावण ७, सोमबार ०८:३१

पछिल्लो समय पर्साबाट बालबालिका हराउने क्रम बढेको छ । तीन वर्षको तथ्यांकका अनुसार पर्साबाट बालबालिका हराउने क्रम बढेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ९ सय ५० जना व्यक्ति हराएका छन् । आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्ममा ९५१ जना मानिस जिल्लाभरिबाट हराएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा ०७८/०७९ मा २ ९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ जना हराएका छन् । तीन वर्षको अवधिमा हराएकाहरुमध्ये ७४८ जना फेला पारेको प्रहरी बताउँछ भने ६२८ जनाको विभिन्न स्थानहरुबाट उद्धार गरिएको प्रहरी रेकर्ड छ । यस अवधिमा जिल्लाबाट हराउनेहरुको संख्यामध्ये बढी बालिकाको संख्या रहेको छ ।

यस तीन वर्षको अवधिमा जिल्लाबाट ४४४ जना बालिका मात्रै हराएको तथ्यांक छ । आर्थिक वर्ष ०७८/०७९ मा २९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ बालिका हराएको छ । त्यस्तै हराउनेहरुको सूचीमा महिला, बालक र जेष्ठ नागरिकको समेत रहेको छ । यस तीन वर्षमा ३६३ जना महिला, १३१ जना बालक र १३ जना जेष्ठ नागरिक हराएका छ । हराएकाहरुमध्ये अधिकांश फेला पनि परेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

यस अवधिमा हराएका ९५१ जना मध्ये ७४८ जना फेला परेको उनले बताए । उनले ३४६ जना बालिका, २९० जना महिला, १०७ जना बालक र १२ जना जेष्ठ नागरिकलाई खोजी गरी फेला पार्न प्रहरी सफल भएको बताए । प्रहरी नायब उपरीक्षक भारतीले बताए अनुसार तीन वर्षको अवधिमा ६२८ जनाको उद्धार गरिएको छ ।

प्रहरीले ३७८ जना महिला, १८४ जना बालिका र ६६ जना बालकको उद्धार गरेको छ । भारतसँगको खुल्ला सिमानाका रहेकाले पनि यहाँका नागरिकहरु बढिरहेको छ । यससंगै सामाजिक सञ्जालको प्रभाव, बेरोजगारी, केटाकेटी उमेरमै हुने गरेको विवाहलगायतका कारण हराउनेहरुको संख्या बढेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । प्रहरीले यस्ता घटनाहरु रोक्नका लागि विभिन्न खाले सचेतनामूलक कार्यक्रम, सामाजिक सञ्चालमार्फत विभिन्न सूचना प्रवाहको काम गर्दै आइरहेको उनको कथन छ ।

Comment


Related News

Latest News

Trending News