अपडेट 
२०८१ श्रावण ७, सोमबार ०८:३३

त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

चितवनको सीमलतालमा असार २८ गते गणपति डिलक्स बस त्रिशूलीमा खसेर ज्यान गुमाएका रौतहटका ११ जना परिवारलाई मेयर प्रदीपकुमार यादवले प्रति व्यक्ति पचास हजार रुपैयाँ नगदको दरले आर्थिक सहयोग उपलब्ध गराएको छ । बौद्धीमाई नपा– १ अजगैवी बो हरिचन्द्र यादव, बलि राउत कुर्मी, वडा नम्बर २ इनर्वाका रामकुमार पटेल, वडा नम्बर ३ स्थित मटिअर्वाका पर्शुराम साह बनियाँ र मिना देवी, वडा नम्बर ४ इनरवारीका शलेन्द्र पटेल, गुडु पटेल, प्रीन्स जयसवाल, वडा नम्बर ७ का अमरिता देवी, प्रिती कुमारी, शिवशंकर कुमार गरी ११ जनाको परिवारलाई आर्थिक सहयोगस्वरुप रकम उपलब्ध गराइएको बौद्धीमाई नगरपालिकाका मेयर यादवले बताए ।

सो कार्यक्रममा मधेश प्रदेशका सांसद कनिश पटेल, बौद्धीमाई नपाका मेयर यादव, उपमेयर प्रमिला जयसवाल, वडाध्यक्ष तुरन्त नारायण यादव, मुक्ति नारायण मिश्र, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, लेखा प्रमुख अरविन्दकुमार यादव, योजना शाखा प्रमुख उमेश झालगायतका उपस्थिति थियो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाण्डुतर्फ गइरहेएको बागमती प्रदेश०३– ००६ख १५१६ नम्बरको बस र काठमाण्डुबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए । सो बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता थिए । अहिलेसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ भने १७ जनाको सनाखत भएको छ । अझै पनि ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात रहेको छ ।

मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा बंगलादेश र भारतबाट समेत उद्धार टोली आएको छ । भारतीय टोली नारागणगढ– मुग्लिन सडकको सीमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र सो बसमा सवार यात्रीको खोजी कार्यमा लागेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आइतबार बिहानदेखि खोजतलासमा जुटेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News