अपडेट 
२०८१ श्रावण ९, बुधबार १३:०६

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

सौर्य एअरलाइन्सको सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परेका तीन जनाको उद्दार गरि शिक्षण अस्पतालमा पठाएको र जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले आधिकारिक जानकारी दिएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

मृतकको शव महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ । मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

Comment


Related News

Latest News

Trending News