अपडेट 
२०८१ श्रावण ११, शुक्रबार १६:१५

नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ सर्वोच्च अदालत नजाने भएकी छन्

। बलात्कार मुद्दामा पाटन उच्च अदालतले निर्दोष ठहर गर्दै सन्दीपको मुद्दामा पूर्ण पाठ आएसँगै उनलाई माथिल्लो अदालत जाने बाटो खुलेको थियो। तर गौशाला-२६ ले आफ्नो मुद्दा सर्वोच्चमा नलग्दिन आग्रह गर्दै सरकारी वकिललाई निवेदन दिएको स्रोतले बतायो। सरकारी वकिलले उनलाई मुद्दाको पूर्णपाठ हेरेर जाने/नजाने निर्णय गर्ने जानकारी दिएका थिए। उक्त फैसलाको  पूर्णपाठ  साउन ४ गते  सार्वजनिक भएको थियो ।

स्रोतका अनुसार पीडितले माथिल्लो अदालतमा नजाने भने पनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ। सामान्यतया पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्च अदालतमा पुग्ने सम्भावना कमजोर रहन्छ।

सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको स्रोतले जानकारी दियो। हस्तलिखित निवेदनमा उनले आफ्नो अवस्थाको फाइदा लिने उद्देश्यले केही संस्था र व्यक्तिहरू निरन्तर लागेकाले मुद्दालाई अघि नलान आग्रह गरिएको जनाइएको छ। गौशाला-२६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे। उनले निवेदनबारे थप टिप्पणी भने गरेनन्।

उनले पत्रमा सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्न चाहेको उल्लेख गरेकी छन्।

गौशाला-२६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गरेको थियो। तर उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ।

Comment


Related News

Latest News

Trending News