अपडेट 
२०८१ श्रावण ११, शुक्रबार १६:५०

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुनुभएको छ ।

मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा आज नियुक्त गर्नुभएको हो ।

५७ वर्षीय यादव सिरहा जिल्लको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुनुहुन्छ । उहाँ मेकानिकल इन्जिनियर रहनुका साथै यान्त्रिक कार्यालय जनकपुरधाममा सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत रहनुभएको थियो ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त भएको थियो ।

लामो समयसम्म प्रदेश लोकसेवा आयोगको अध्यक्ष पद रिक्त भएका कारणले प्रदेशमा समायोजन भएका कर्मचारीहरूको बढुवा, पदस्थापना तथा रिक्त दरबन्दीमा नयाँ नियुक्तिका लागि विज्ञापन सहितका अन्य कामहरू प्रभावित भएका थिए ।

Comment


Related News

Latest News

Trending News