अपडेट 
२०८१ श्रावण १२, शनिबार ०८:५६

सत्तारुढ जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक जनकपुरधाममा सुरु भएको छ ।

मधेश सरकारको कामकाज कार्यान्वयन तथा प्रभावकारी बनाउने भन्दै जनमतले शुक्रबारदेखि दुई दिनसम्म केन्द्रीय सचिवालय बैठक सुरु गरेको जनाएको छ । मधेशमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टीले सरकारमा सहभागी भएको डेढ महिनापछि पार्टी र सरकारबारे समीक्षा गर्न थालेको छ । सरकारको समीक्षाका लागि सचिवालय बैठक सुरु भएको जनमतका प्रवक्ता शरद यादवले बताए ।

प्रवक्ता यादवले सचिवालय बैठकमा खासगरी ३ वटा एजेण्डामा छलफल केन्द्रित रहने प्रवक्ता यादवले बताए । उनले पहिलो चरणमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धि तथा काम गर्दा आएका कठिनाइको समाधानका विषयमा छलफल भएको बताए । मधेश प्रदेश सरकारलाई कसरी सफल बनाउने त्यो रणनीति समेत बैठकबाट तय गरिने जनाएको छ ।

सो बैठकको दोस्रो एजेण्डा वर्तमान राजनीतिक परिस्थिति र तेस्रो एजेण्डा पार्टीको कार्यदिशा रहेको प्रवक्ता यादवले बताए । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग छलफल गरिने एजेण्डा रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News