अपडेट 
२०८१ श्रावण १३, आईतवार ०८:३१

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मधेश प्रदेशमा दाइजो प्रथा हटाउन जातीय संगठनहरू मिलेर अभियान चलाउनुपर्ने बताएका छन् ।

शौण्डिक चौरासी समाजको चौँथो महाधिवेशनलाई शुक्रबार लहानमा बोल्दै उनले तराई मधेशमा विद्यमान दाइजो प्रथा हटाउन सरकारी अभियानले मात्रै सम्भव नरहेकाले समाजका सबै जातजातिका बृहत्तर हितका लागि गठन भएका जातीय संघ संस्थाले यसमा ध्यान दिनुपर्ने आवश्यकता बताए । शौण्डिक चौरासी समाजले तेली, हलुवाई, कलवार, जयसवाल, गुप्ता, रौनियार सबैलाई समेटेर वैश्य समाज गठन गरी यसको दायरा बढाए मात्रै राजनीतिक अधिकार र सामाजिक कार्यहरू गर्न सकिने सुझाव उनले दिए । पू

र्वउपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजनीतिक संकीर्णताले कहीँ कतै पनि विकास हुन नसक्ने बताए । उनले भने, “दाइजो प्रथा घर घरको समस्या भएको छ । यसलाई हटाउन सामाजिक जागरण आवश्यक छ । त्यस्तो सामाजिक जागरणका लागि जातीय सङगठनहरू मिलाएर अगाडि बढ्नु पर्छ ।” अल्पसंख्यक र बहुसंख्यक समुदायको बिचमा रहेको दुरीलाई समेत अन्त्य गर्न शौण्डिक समाजले पहल थाल्नुपर्ने पूर्वमन्त्री महासेठले सुझाव दिए । उनले अघि थप्दैँ भने, “सुँडीले सुँडी जाति खोजेर विवाह गर्ने परम्परा तोडेर अन्तरजातीय विवाहलाई समेत बढावा दिए दाइजो प्रथालाई हटाउन बल मिल्ने छ ।”

सो कार्यक्रममा सिरहा–१ का संघीय सांसद रामशंकर यादवले लहानको सहरी क्षेत्रमा आधा दर्जन जातीय संघ संस्थाले करोडौँको भवन निर्माण गरेर कार्यालय, सदन सञ्चालनमा ल्याए पनि सामाजिक जागरण ल्याउन, विकृति हटाउन कुनै कार्यव्रmम सञ्चालनमा ल्याउन नसक्नु विडम्बना भएको बताए ।

Comment


Related News

Latest News

Trending News