अपडेट 
२०८१ श्रावण १३, आईतवार ०८:५८

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ।

डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो प्रतिआतङ्कवाद हेर्ने प्रहरीको विशिष्ट युनिट हो। गृहमन्त्री रमेश लेखक बनेपछि केसीको सरुवा हुन सक्ने चर्चा सुरु भएको थियो।

केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएका बेला उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइनल खोलेका थिए। यो मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए। त्यसबाहेक बहालवाला सचिव र उच्च राजनीतिक तहका व्यक्तिहरु पक्राउ परेक थिए।

पछिल्लो समय पक्राउ परेका बेचन झालाई केसीले नै समातेर नेपाल ल्याएको र तत्कालिन प्रतिपक्षी नेपाली कांग्रेसलाई हल्लाउन खोजेको आशंका रहँदै आएको थियो।

केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य विमान दुर्घटना भएकै दिन सरुवा गरिएको थियो। गृह मन्त्रालयले केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ र त्यहाँ रहेका राजन अधिकारीलाई विशेष ब्युरो पठाइएको छ।

Comment


Related News

Latest News

Trending News