अपडेट 
२०८१ श्रावण १३, आईतवार १४:२९

आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत व्यापार सम्झौता रोकिएको बताए । सम्झौताका लागि अर्को मिति तय गरिने उनले बताए ।

तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता आज विद्युत् व्यापार सम्झौता गर्ने तयारी भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुने भनिएको थियो ।

सम्झौता नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच गर्ने गरी तयारी भएको थियो । नेपालमा उत्पादन भएको ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

नेपालले प्रत्येक वर्षको ५ महिना जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म बिजुली निर्यात गर्ने सम्झौता गर्ने तयारी गरेको थियो ।

प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट नेपालले पाउने गरी सम्झौता गर्ने तयरी थियो । नेपालले ५ वर्षको विद्युत् निर्यातबाट १ अर्ब २३ करोड रूपैयाँ आम्दानी गर्ने बताइएको थियो ।

Comment


Related News

Latest News

Trending News