अपडेट 
२०८१ श्रावण १३, आईतवार १८:५३

सांसद प्रभु साहले हवाई दुर्घटनाले दुनियाँमा नेपालको इमेज ध्वस्त भएको बताएका छन् । युरोपेली आकाशमा नेपाली जहाज प्रतिबन्ध भएको प्रसंग पनि ल्याएर उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले दुर्घटनाको जिम्मेवारी जिम्मा कसरले लिने भन्दै प्रश्न गरे ।

छानबिन समिति बन्दा सानातिना कर्मचारीलाई दोष देखाउने भन्दै साहले सरकार र प्राधिकरणले नैतिक जिम्मेवारी देखाउनुपर्ने बताए ।

उनले भने, ‘जनताप्रति उत्तरदायी सरकार हो भने जिम्मेवारी लिनुपर्छ ।’

नेपालको सरकार कुन तरिकाले चलेको छ भन्ने कुरा दुर्घटनाले देखाएको साहले बताए ।

यस्तै जहाज दुर्घटना हुँदा प्रधानमन्त्री र राज्य संयन्त्र लागेर घटनास्थलमा पुगेको, उद्धार चाँडो भएको तर १५ दिन अगाडीको दुर्घटनामा मान्छे बचाउन नसके पनि लास ल्याउन र जनतालाई राहत दिन सरकार चुकेको साहले बताए ।

बस दुर्घटना पीडितहरूले बीमाको पनि पैसा नपाएको भन्दै साहले भने, ‘सरकारले विभेदको अन्त्यको उदाहरण पेस गरोस् ।’

Comment


Related News

Latest News

Trending News