अपडेट 
२०८१ श्रावण १६, बुधबार १३:०७

सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेकाे छ । चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा पुगेकाे महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News