२०८१ श्रावण १६, बुधबार १३:१८

चितवनको सिमलतालमा खसेको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग पनि सहयोग माग्ने तयारी थालेको छ।

असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो।

गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापनका प्रमुख एवं सहसचिव भीष्मकुमार भुसालका अनुसार यसबारेमा अनौपचारिक छलफल सुरू भएको हो। यद्यपि यसबारे निर्णय भइनसकेको उनले बताए।

यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो। साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो।

यो टोलीले सोनार क्यामेरा, चुम्बक लगायतको प्रयोग गरी खोजी गरेको थियो। तर कुनै प्रगति भने हुन नसकेपछि उक्त टोली साउन १३ गते फर्किएको थियो।

अहिलेसम्म नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ। अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ।

Comment

Related News

Latest News

Trending News