अपडेट 
२०८१ श्रावण १७, बिहीबार ११:३५

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।

उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो ।

उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News