अपडेट 
२०८१ श्रावण १८, शुक्रबार ०७:१९

कुटपिटबाट हत्या गरिएको भन्दै धनुषाधाम नगरपालिका–२ स्थित मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका छन् । मसानघाटबाट ट्रयाक्टरमा शव राखेर जनकपुरधामको राम चोक, जनक चोक शिव चोक, भानु चोक हुँदै प्रदर्शनकारीले नाराबाजीसमेत गरेका थिए । ठाकुरको शव मंगलबार प्रादेशिक अस्पताल जनकपुरले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि मसानघाटमा दाहसंस्कारका लागि लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले दाह संस्कार गर्न नदिई उनको हत्या भएको दाबी गर्दै छानबिन गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित मंगलपुरमा कुटपिट घटनामा ज्यान गुमाएका भोगेन्द्र ठाकुरको मिटरब्याजीले हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जग्गा खरिद गर्दा ठाकुरले गाउँकै शिवजी यादवबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए । उनले ६ लाख रुपैयाँमा स्थानीय भैरव महतोबाट जग्गा किनेका थिए । त्यति बेला शिवजीकै नाममा जग्गा पास गरिएको थियो । ऋण तिरेपछि भोगेन्द्रको नाममा नामसारी गर्ने सहमति भएको थियो । सो ऋणको ब्याज गरेर पटक पटक गरी करिब नौ लाख रुपैयाँ शिवजीलाई तिरेको परिवारजनको भनाइ छ । त्यति गर्दा पनि शिवजीले जग्गा फिर्ता गरेका थिएनन् । उनले थप रकम दिनुपर्ने बताउँदै आएका थिए ।

स्थानीयवासीका अनुसार ठाकुरको हत्या गरेर जग्गा हड्पने योजनामा शिवजी लागेका थिए । त्यही क्रममा पछिल्लो पटक कुटपिटको घटना भएको मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासमानले दाबी गरे । साउन १४ गते पनि निहुँ खोजेर झगडा गरेको उनले बताए । ठाकुरकी पत्नी चन्दा ठाकुर नुहाइरहेको बेला नागेश्वरकुमार मुखियाले मोबाइलबाट भिडियो खिच्न खोजेका थिए । ठाकुरले साको विरोध गर्दा झगडा भएको थियो । त्यसपछि सबै मिलेर कुट

पिट गरेको अध्यक्ष पासमानले बताए । गम्भीर घाइते भएका ठाकुर र चन्दालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले भोगेन्द्रलाई मृत घोषणा गरेका थिए । चन्दाको उपचार भइरहेको छ । योजनाबद्ध रूपमा ठाकुरको हत्या गरेको भन्दै मधेश प्रदेशका मिटरब्याजपीडित जनकपुरधाम पुगेका छन् । उनीहरूले पीडितलाई न्याय र दोषीलाई कारबाही नहुँदासम्म शव बुझेर बिहीबार प्रदर्शनसमेत गरे ।

मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष पासमानले घटनामा संलग्न रहेका शिवजी यादव, मुकेश मुखिया, सुरजी मुखिया, नागेश्वर मुखिया, मनिष मुखियालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनामा संग्लन रहेको अभियोगमा केहीलाई पक्राउ गरिएको बताए ।

मिटरब्याजसँग जोडिएको यस घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मिटरब्याज पीडितलाई बिहीबार ११ बजे वार्तामा बोलाए पनि नआएको बताउँछन् । आफन्तजनले शव जलाउन खोजे पनि मिटरब्याज पीडितले शव नियन्त्रणमा लिएर प्रदर्शन गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News