अपडेट 
२०८१ श्रावण १८, शुक्रबार ०७:२४

दोहरो नागरिकता लिएको आरोपमा पक्राउ परेका निरञ्जन अग्रवाललाई तीनदिन थुनामा राख्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ ।

विवरण ढाँटी नेपाली नागरिकता लिएर अरोपमा पर्सा प्रहरीले बुधबार पक्राउ गरेको अग्रवाललाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउन अदालतले आदेश दिएको छ । किर्ते प्रमाणको आधारमा ०६३ सालको घुम्ती टोली मार्फत नागरिकता लिएका अग्रवालविरुद्ध ०७६ सालमा सरकारी न्यायधिवक्ताको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा बुधबार पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन बिहिबार पर्सा जिल्ला अदालतमा पेश गरेको थियो ।

पर्सा प्रहरीले सरकारी न्यायधिवक्ताको कार्यालय मार्फत उनी विरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत समक्ष म्याद थपको लागि अपिल गरेपछि अदालतले तीन दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘जिल्ला अदालतले अग्रवाललाई तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ, अग्रवालले लिएको दोहरो नागरिकता सम्बन्धी अनुशन्धान अगाडि बढाइने छ ।’ पर्साका प्रहरी प्रमुख कुमोद ढुङ्ेगलले भने ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का नरेश ठाकुर हजामले निरञ्जन कुमार अग्रवालल े किर्ते गरी झुठो प्रमाणको आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए । सरकारी वकिल कार्यालय मार्फत पर्सा प्रहरीमा दर्ता गराइएको उजुरीमा अग्रवालले नागरिकता लिएको विवरण तथा त्यस अगाडि उनले नारायणी यातायात कार्यालयबाट लिएको सवारी चालक अनुमति पत्र फरक रहेको उल्लेख गरिएको छ ।

ठाकुर सुरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा किर्ते गरेको उजुरी दर्ता गराउन जादाँ जिल्ला प्रहरी कार्यालय पर्साले सो समय मुद्दा दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साको पत्र अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा २०७६/११/२६ मा मुद्दा दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा भने निरन्जन कुमार अग्रवालको नागरिकता २०६३/११/१३ गते जारी भएको उल्लेख भए पनि उनी भारतको राजस्थान सरदार सहर ( चुल ) मा जन्मिएका जन्मिएको अरोप रहेको छ । वीरगंजको प्रतिष्ठित किराना व्यापारी स्व.अजय अग्रवालक ा े आदर्श किरानामा काम गर्न नेपाल भित्रेका अग्रवालले किर्ते प्रमाण खडा गरेर नेपाली नागरिकता हुन ।

राजस्थानको सरदार सहर उपखण्ड प्रशासनको (मजिस्ट्रेट) कार्यालयले उनको मुल बसोवासको बिषय प्रमाणीत गरेको प्रमाण समेत पेश गरिएको छ । ०५१ साउन ५ गते यातायात ब्यवस्था कार्यालय बीरगंजबाट लिएको सवारी चालक अनुमती पत्रको नागरिकता नम्बरको खण्डमा (भारतीय) उल्लेख प्रमाणले देखाएको छ । दोहरो नागरिकताको आरोपमा पटक पटक पक्राउ पर्दै र नजरानाको भरमा जोगिँदै आएको अग्रवालको नागरिकता कान्ड पुन वीरगञ्जमा तरंगीता भएको छ ।

२०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका गुटका व्यापारी अग्रवाल पच्छिलो समयमा जग्गाको कारोवारबाट नवधनाढय व्यापारीको रुपमा स्थापित भएका छन् । जग्गाको कारोबारमा सँगै सुर्ती, गुटका चुइँगमको कारोबार गर्दै आएका निरञ्जनको व्यापारिक प्रतिष्ठानमा वर्षै पिच्छे जिल्ला प्रशासन,सशस्त्र र जनपथ प्रहरी , राजस्व अनुसन्धान र छापा मार्ने मिल्ने मिलाउने काम हुँदै आएको छ । केही वर्ष आगाडि विभिन्न व्यक्तीले निरञ्जनकुमार अग्रवाल माथि झुठो विवरण दिएर नागरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए । कारवाही भन्दा जिल्ला प्रशासन कार्यालय पर्साले प्रमाण फेला नपरेको भन्दै उनको फाइल तमेलिमा राखेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आउने प्रमुख जिल्ला अधिकारीहरुले फाइल खोलन र नागरीकताको सक्कल र प्रतिलिपि सम्बन्धी फाइल खोज्दा फेला नपरेको पत्र अदालत पर्सामा पठाउन समेत कार्य गरिएको थियो । भारतको राजस्थान चुरु जिल्लाको सरदासशहरका मूल निवासी दाबी गरिएको निरन्जनमाथि अपराध सहिता २०७४ को दफा २७६ बमोजिम झूठो विद्युतीय अभिलेख बनाएर किर्ते गरेको समेत आरोपमा कारवाहीको माग गरिएको पर्सा प्रहरीका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

Comment


Related News

Latest News

Trending News