२०८१ श्रावण १८, शुक्रबार १३:०१

रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अवैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा डीएसपी राजकुमार राईको कमान्डमा गएको टोलीले बिहीबार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कारपियो गाडीमाथि शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको  कुल १५ लाख, ५१ हजार,७०० रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Comment

Related News

Latest News

Trending News