अपडेट 
२०८१ श्रावण १९, शनिबार ०७:१३

मधेश प्रदेशको सबै भन्दा पुरानो राष्ट्रिय ‘क’ वर्गको जनकपुर टुडे दैनिक पत्रिका पुनःराष्ट्रिय ‘क ’ वर्गमा परेको छ ।

प्रेस काउन्सिल नेपालले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९को नतिजामा जनकपुर टुडे दैनिक पत्रिका राष्ट्रिय ‘ क’ वर्गमा परेको छ । नेपालमा पत्रपत्रिकाको वर्गीकरण गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपाल रहेको छ । प्रेस काउन्सिल नेपालले मूल्यांकन गरेको राष्ट्रिय ‘क’ वर्गमा गोरखापत्र, कान्तिपुरलगायतका दैनिक पत्रिकाहरु परेका छन् ।

जनकपुर टुडे प्रारम्भकालदेखि नै राष्ट्रिय ‘क’ वर्गमा रहँदै आएको छ ।जनकपुर टुडेका अत्यन्त लगनशील र मिहिनेती सञ्चारकर्मीहरुको न्यूजरुम, जिल्लाका क्रियाशील सहकर्मी, दक्ष प्राविधिक, कुशल प्रशासन र लेखा, अनुभवी प्रेसम्यान, कुशल बिक्रेताहरुको साझा प्रयासले जनकपुर टुडे राष्ट्रिय ‘क’वर्गमा रहँदै आएको छ । पाठकहरुको अगाध स्नेह र अटुट विश्वास, विज्ञापनदाताहरुको निरन्तरको सहयोग, शुभेच्छुकहरुको सद् भाव सदैव कायम रहने विश्वास जनकपुर टुडेले लिएको छ ।

रजत वर्षमा पुगेको जनकपुर टुडेले आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र तटस्थताको सिद्धान्तमा कायम रहने प्रतिबद्धता व्यक्त गरेको छ । जनकपुर टुडे मिडिया ग्रु्प प्रा.लि.द्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाले आगामी दिनमा छापामाध्यममा हुने नयाँ प्रयोगहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने यस खुशीको अवसरमा प्रण गरेको छ ।

जनकपुर टुडेलाई यहाँ सम्म पु¥याउन अहोरात्र परिश्रम गर्ने सञ्चारकर्मी, प्राविधिक र प्रशासनिक कर्मचारी, पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले हार्दिक बधाई ज्ञापन गर्दै आभार प्रकट गर्दछ । पत्रपत्रिकाको मूल्यांकन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपाल प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा प्रतिष्पर्धाका लागि मार्ग दर्शन प्राप्त हुने जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले विश्वास लिएको छ ।

Comment


Related News

Latest News

Trending News