अपडेट 
२०८१ श्रावण २०, आईतवार ०७:४५

संगीत साधक स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै राष्ट्रिय एकता अभियानले दबाबमूलक कार्यक्रम गरेको छ ।

जनकपुरधाममा शनिबार दबाबमूलक कार्यक्रम गर्दै संगीत साधक गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर्न माग गर्दै अभियानीहरुले नारावाजीसमेत गरेका छन् । स्व. गुरुदेव कामतको अपमान कार्य बन्द गर्न माग गर्दै मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिको राजीनामाको मागसमेत गरेका छन् । अभियानका अध्यक्ष विनय यादवले प्रतिष्ठानका अध्यक्ष कापडिको राजीनामा माग गर्दै पुतलादहन पनि गरेको जनाए ।

Comment


Related News

Latest News

Trending News