अपडेट 
२०८१ श्रावण २०, आईतवार ०७:४८

नेपालको भारतसितको सीमावर्ती क्षेत्रमा केही महिना पूर्वसम्म अवमूल्यन भएको भारतीय रुपैयाँ अहिले सन्तुलित भएको छ ।

नेपाल र भारतीय सीमावर्ती बजारमा नेपाली र भारतीय मुद्रा चलनचल्तीमा रहेको छ । भारतीय सीमावर्ती बजारमा नेपाली मुद्रामा कारोबार वैध छैन । त्यसैगरि नेपाली बजारमा पनि भारतीय १ सय रुपैयाँ दरको नोट बाहेक अवैध छ । दुवै देशमा अवैध रहेको मुद्राबाट निर्वाध रुपमा कारोबार भइरहेको छ । नेपाल र भारतबीच तस्करी बढ्दा दुवै मुलुकको सीमावर्ती बजारमा मुद्राको सन्त्ुलन बिग्रने गरेको छ ।

केही महिना पूर्वसम्म नेपालबाट सुनलगायत तस्करी भएर भारत जाने मालवस्तु बढेको थियो । त्यसले सीमावर्ती क्षेत्रमा भारतीय मु्द्रा निकै कमजोर भएको थियो । तर अहिले नेपाल र भारतबीच सरकारीस्तरमा कायम रहेको विनिमय दरमा नै कारोबार भइरहेको छ । भारतीय बजारमा एक सय रुपैयाँको नेपाली एक सय साठी रुपैयाँमा कारोबार हुने गरेको छ ।

नेपालमा पनि सोही दरमा भारतीय मुद्रा खरिद गर्न पाइन्छ । नेपाली मुद्रा भारतको सीमावर्ती बजारमा निर्वाध चले पनि भित्री बजारहरुमा खुल्ला रुपमा चलनचल्तीमा रहेको छैन । सीमाक्षेत्रमा मुद्रा सन्तुलित भएपछि कारोबारमा समेत सकारात्मक प्रभाव परेको व्यवसायीहरु बताउँछन् । भारतीय सीमावर्ती बजार भिठ्ठामोडका व्यवसायी सुरज कुमारले मुद्रामा सन्तुलन भएकाले मालसमानको मूल्यमा समेत सन्तुलन कायम भएको बताए । ‘भारतीय मुद्रा कमजोर भएको बेला सीमावर्ती बजारमा नेपाली मुद्राको माग बढेको थियो’ उनले भने, अहिले त्यस्तो समस्या छैन , नेपाली र भारतीय मुद्रामा समान कारोबार भइरहेको छ ।

सीमा क्षेत्रमा अवैध रुपमा नेपाली र भारुको सटही गर्ने व्यवसायीहरुले पनि कानुनी विनिमय दरकै आधारमा सटही गरिरहेका छन् । नेपालसित सीमा जोडिएका हरेक बजारको नाकामा नेपाली र भारतीय मुद्राको सटही गर्ने व्यवसायीहरु सक्रिय रहने गरेका छन् । कारोबार अवैध भए पनि उनीहरुलाई सीमावर्ती सुरक्षा निकायको पूर्ण संरक्षण रहेकाले खुल्ला रुपमा सटही गरिन्छ । निर्धारित मूल्यमै सटही भए पनि भारतीय मुद्रा आन्तरिक रुपमा केही कमजोर रहेको व्यवसायीहरु बताउँछन् ।

सटही गर्ने दलालहरुले प्रत्यक्ष रुपमा कमिसन नलिए पनि भारतीय रुपैयाँ उनीहरुले केही सस्तोमा खरिद गर्ने गरेको व्यवसायीहरुले बताउँछन् । सामान्य उपभोक्तालाई भारतीय बजारमा मालसमान खरिद गर्न नेपालको भन्दा बढी सस्तो परिरहेको छ । तर भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली उपभोक्ताहरुलाई चर्को मूल्यमा सामान किन्नु पर्ने हुन्छ । सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्यका वस्तु नेपाल ल्याउन सीमा क्षेत्रमा केहि खुकुलो गरिएको छ । त्यसबाट उपभोक्ताहरुलाई केही राहत भएको छ । मुद्रामा सन्तुलन र सीमाक्षेत्रमा सहजताले सामान्य उपभोक्ताहरु लाभान्वित भइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News