अपडेट 
२०८१ श्रावण २०, आईतवार १५:५६

बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

आज बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्युँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठमाथि शङ्का लागेर प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले बोकेको झोलाबाट साढे आठ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News