अपडेट 
२०८१ श्रावण २०, आईतवार १९:१४

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीय निर्णयले दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुंगा रूम्जाटार गाउँपालिका –७ का गुरूङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।

उनीहरूलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्तामध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरूङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो। नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरूङ विद्युत विकास विभागका पूर्वमहानिर्देशक समेत हुन्।

Comment


Related News

Latest News

Trending News