अपडेट 
२०८१ श्रावण २१, सोमबार ०७:०५

दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका निरञ्जन अग्रवाललाई थप तीन दिन थुनामा राख्न आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतले आरोपित अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ । दोहोरो नागरिकता सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पर्सा प्रहरीलाई पुनः तीन दिनको म्याद थप गरिएको छ ।

अनुसन्धान नसकिएको भन्दै पर्सा प्रहरीले म्याद थपको अनुमति माग गरेपछि दोस्रो पटर्क जिल्ला अदालतले म्याद थप गरेको छ । झुठो विवरण पेश गरी नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते प्रकरणमा अग्रवालमाथि पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । उनले लिएको सवारी चालक अनुमति पत्र र नेपाली नागरिकता किर्ते कागजको आडमा लिएको भन्दै जिल्ला सरकारी न्यायाधिवक्ताको कार्यालयमा उजुरी परेको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का नरेश ठाकुरले निरञ्जन कुमार अग्रवालले किर्ते गरी झुठो प्रमाणको आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उजुरी दर्ता गरेका थिए । सरकारी वकिल कार्यालयमार्फत पर्सा प्रहरीमा दर्ता गराइएको उजुरीमा अग्रवालले नागरिकता लिएको विवरण तथा त्यस अगाडि उनले नारायणी यातायात कार्यालयबाट लिएको सवारी चालक अनुमति पत्र फरक रहेको उल्लेख गरिएको छ ।

ठाकुरले सुरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा किर्ते गरेको उजुरी दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले त्यतिबेला मुद्दा दर्ता नगरेपछि सरकारी वकिल कार्यालय पर्साको पत्र अनुसार २०७६/११/२६ मा मुद्दा दर्ता गराएका थिए ।

Comment


Related News

Latest News

Trending News