अपडेट 
२०८१ श्रावण २१, सोमबार ११:५१

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । हिजो दुई सय रुपैयाँ घटेको सुन आज तोलामा तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम हो ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ आज पनि हिजो जस्तै तोलाको एक हजार सात सय ८५ रुपैयाँ  रहेकाे महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News