अपडेट 
२०८१ श्रावण २१, सोमबार १६:५८

सरकारले बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ ।

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बङ्गलादेश सरकारबाट अहिले अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भइरहेकाले बङ्गलादेशमा रहेका सबै नेपालीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको हो । बङ्गलादेशमा अध्ययनरत धेरै नेपाली विद्यार्थी नेपाल फर्किसकेको र बाँकी रहेका झन्डै चार सय जना विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।

नेपालीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ । नेपाल फर्किन चाहने विद्यार्थी तथा सबै नेपालीले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासको आग्रह  छ ।

आवश्यक समन्वयका लागि राजदूतावासका द्वितीय सचिव योजना बम्जनलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News