अपडेट 
२०८१ श्रावण २२, मंगलवार १५:००

निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

त्यस्तै म्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ४ घुमाउनेभीर अन्तर्गत बेनी दरबाङ, रघुगङ्गा गाउँपालिका वडा नम्बर २ उपल्लो बैशरी अन्तर्गत बेनी जोमसोम र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १० डब्ल्याड अन्तर्गत कालीगण्डकी सडक खण्ड पनि पहिरोले  पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौको कीर्तिपुरमा पहिरो जाँदा हेटौँडा–चोभार सडक खण्ड अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक पनि अवरुद्ध छ । बाढी पहिरो र अरू विभिन्न कारण ३ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध छन् भने १ सय ९४ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

मनसुनको बेला अन्य ठाउँमा पनि राजमार्ग अवरुद्ध हुने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News