
नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
जितसँगै नेपालले समूह चरणमा इरानसँग हारेको बदला समेत लिएको छ। समूह चरणमा नेपालले इरानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।
मंगलबार उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो।
अब उपाधिका लागि नेपालले भोलि बुधबार भारतसँग खेल्नेछ। भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकामाथि ३-० सेटमा जित निकालेको थियो।
यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।