अपडेट 
२०८१ श्रावण २२, मंगलवार १९:३५

मधेश प्रदेशमा मंगलबार थपिएका पाँच राज्यमन्त्रीलाई मुख्यमन्त्री सतिश कुमार सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मधेश भवनमा आयोजित शपथग्रहण समारोह’मा मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी र मन्त्रीहरुको उपस्थितिमा राज्यमन्त्रीहरुलाई शपथग्रहण गराएका हुन् ।

एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामवावु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको शपथ लिएका हुन् ।

यस्तै कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको शपथ लिइन् ।

योसँगै मधेशमा मन्त्रीको संख्या २० पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ।

Comment


Related News

Latest News

Trending News