अपडेट 
२०८१ श्रावण २३, बुधबार ०८:५१

मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कञ्चनपुरको सुन्दरपुरमा ७९ दशमलव ८ मिलिमिटर पानी परेको छ । इलामको कन्याममा ६८ दशमलव २, सोलुखुम्बुको पिकरनसमा ६५ दशमलव २, अछामको असारघाटमा ६५ मिलिमिटर पानी परेको छ । धनकुटा, दैलेख, तेह्रथुम, खोटाङ लगायतका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News