अपडेट 
२०८१ श्रावण २३, बुधबार १०:३३

याह्या सिन्वर हमासका शीर्ष नेता चुनिएका छन्।

हमासका शीर्ष नेता इस्माइल हानियेको हत्या भएको एक सातापछि सिन्वरले उनको स्थान लिएका हुन्। कतारमा भएको लामो छलफलपछि सिन्वर नेता चुनिएको अन्तर्राष्ट्रि समाचार संस्था एशोशियटेड प्रेसले उल्लेख गरेको छ।

सिन्वर यसअघि सन् २०१७ मा हमासको गजा प्रमुख बनेका थिए। अक्टोबर ७ मा इसराइलमाथि भएको आक्रमणको ‘मास्टरमाइण्ड’ सिन्वर नै रहेको समेत एपीले उल्लेख गरेको छ।

त्यतिबेला सिन्वर र अर्का नेता मोहम्मद देइफले मिलेर हानियेलाई समेत जानकारी नगराई इसराइलमा आक्रमण गरेको बताइन्छ। अक्टोरबर ७ यता इसराइलले हमासका शीर्षमध्येका कमान्डर रफा सलामा, मोहम्मद   देइफ, इस्माइल हानियेसहित चार नेताहरूलाई मारिसकेको दाबी गरेको छ।

हनियेको हत्या भएको भोलिपल्टै इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई १९ दिनअघि मारेको फेरि दाबी गरेको थियो। बाँकी रहेका २ नेतामध्येबाट सिन्वर शीर्ष नेता चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

Comment


Related News

Latest News

Trending News