अपडेट 
२०८१ श्रावण २३, बुधबार १५:२४

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टरमा चार जना विदेशी नागरिक र एक जना पाइलट थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू पनि पुगिसकेका छन्।

थप जानकारी आउन बाकी…….

Comment


Related News

Latest News

Trending News