अपडेट 
२०८१ श्रावण २३, बुधबार १६:१२

नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

Comment


Related News

Latest News

Trending News