काठमाण्डौको माईतीघर मण्डलामा आन्दोलन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानले आन्दोलनका कार्यक्रमलाई दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ ।
वैशाख १६ गते देखि चुरे दोहनको प्रत्यक्ष असर भोगेका २५ जना नागरिकलाई सम्मलीत गरि अभियानले चुरे संरक्षण पद यात्रा सप्तरी जिल्लाको भारदहदेखि सुरु गरि २४ दिनको पैदल यात्रा पार गर्दै जेष्ठ १० गते काठमाण्डौको माइतीघर मण्डलामा १०२ दिन देखि धर्ना दिदै आउका थिए । अभियानले सय दिन पुगे पश्चात दोस्रो चरणको कार्यक्रम घोषणा गरेको अभियानका संयोजक सुनिल कुमार यादवले जनाएका छन् ।
अभियानले दोस्रो चरणमा अगाडी बढाईने गतिविधीहरु मध्ये चुरे तराइपर्् मधेशको समुदायस्तर र जनस्तरसम्म पुगेर चुरे संरक्षणको बारेमा बुझाउने,जनचेतना जगाउने कार्यलाई व्यापक बनाउने निर्णय गरेको छ । राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट संचालित कार्यक्रमहरुको कार्यान्वयन प्रभावकारिताका बारेमा जनस्तरबाट अनुगमन,निगरानी र खवरदारी गर्ने,गराउने,चुरे संरक्षणमा स्थानीय सरकार र प्रदेश सरकारबाट भएका काम,कारवाहीहरुको खोज खवरदारी गर्ने र चुरे संरक्षणलाई प्राथमिकतामा राख्न दबाब दिने निर्णय गरेको छ ।
त्यसैगरि चुरे क्षेत्रमा भएको वनविनाश,नदीहरुको अत्यधिक दोहनलाई रोक्न सम्वन्धित स्थानमै पुगेर त्यस्ता गैरकानुनी र विनाशकारी गतिविधिहरुलाई रोक्ने र त्यस्को प्रतिरोध गर्ने,चुरे संरक्षणको सवाल व्यापक र वहुआयामिक भएकोले यसमा सर्वसाधारण र विभिन्न तहका सरकारको ध्यानाकषण गर्न र दवाव समेत दिन स्थानिय,प्रदेश र राष्टिय स्तरमा समेत धर्ना,पदयात्रा,मार्च जस्ता दवावमुलक कार्यक्रमहरु ऋायोजन ागर्ने निर्ण गरेको जनाइएको छ ।

