अपडेट 
२०८१ श्रावण २४, बिहीबार १३:५८

हत्या अभियोगमा धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो छन् । ०६५ सालमा महतोले छिमेकी नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेका थिए ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले महतोलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले सजाए तोकेपछि महतो लुकिछिपी बस्दै आएका थिए ।

फरार अभियुक्तको खोजी अभियान अन्तर्गत महतोलाई आज सबैला बजारबाट पक्राउ गरिएको डिएसपी अवाले बताए । महतो पूर्व शिक्षक रहेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News