अपडेट 
२०८१ श्रावण २५, शुक्रबार ०८:४१

वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शहनवाज अन्सारीले ‘क्लिन चिट’ पाएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साबाट नै अन्सारीमाथि दर्ता भएको मुद्दा किनारा लगाइएको छ । पर्सा प्रहरीले गएको चैत महिनाको अन्तिम साता उनीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दा दर्ता गरेको थियो । मेडिकल कलेजको ल्याबबाट म्याद नाघेको केमिकल बरामद भएपछि प्रहरीले उनीमाथि मुद्दा दर्ता गरेको थियो ।

सो दर्ता मुद्दामा प्रहरीले ५ वर्षको कैद सजायको माग दाबी गरे पनि मेडिकल कलेजले आफ्नो मुद्दामा सफलता पाउँदै उनले क्लिन चिट पाएको छ । पर्सा प्रहरीले ५ वर्ष कैद माग दाबीको मुद्दामा सरकारी वलिकको कार्यालयले र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नै नचल्ने निर्णयसमेत गरेको छ । तत्कालीन सरकार वकिलको कार्यालय प्रमुख सुशिल देवकोटाले मुद्दा नै नचल्ने निर्णय गरेर मुद्दा किनारा लगाएको छ । सो कागजात अझ आउन बाँकी रहेकोले त्यसमा के–के देखाएर सफाइ दिइएको छ त्यो अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ । तत्कालीन महान्यायाधिवक्ता दिनमणी पोखरेलले मुद्दामा सफाइ दिएको जनाएको छ ।

पर्सा प्रहरीले ५ वर्षको कैद सजायको माग दाबी गर्दै १७ असारमा सरकारी वकिलको कार्यालयले मुद्दा पेस गरेको थियो । त्यसपछि १८ असारमा तत्कालीन सरकारी वकिल कार्यालयको जिल्ला प्रमुख देवकोटाले सबुत प्रमाण नदेखिएकोले मुद्दा नचल्ने निर्णय गरेका थिए ।साधारण तारिखमा छोड्न आदेश भएपछि त्यही अनुसारको प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्जमा एमाले पार्टीको पदाधिकारी शथपग्रहणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल कलेज परिवारले आफ्नो महँगो गााडी चढ्नका लागि दिएको थियो । सो गाडीमा प्रधानमन्त्री ओली चढेर पर्सा र बारामा राखिएका कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री ओली एमडी अन्सारी अभियुक्त छँदाकै बखत उनको घरमा पुगेर पारिवारिक भेटघाटसमेत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News