अपडेट 
२०८१ श्रावण २८, सोमबार ०८:४४

सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका-५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ ।

ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका-२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

Comment


Related News

Latest News

Trending News