२०८१ श्रावण २९, मंगलवार ०७:४४

जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्ने भएको छ ।

भदौ पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने र संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहने जनाइएको छ । केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर रहेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको केन्द्रीय सदस्य मनिष सुमनले जानकारी दिए ।

ललितपुरको महालक्ष्मी स्थान– ६ स्थित सानोगाउँको थसी ब्याङक्वेटमा आइतबारदेखि केन्द्रीय समिति बैठक जारी रहेको छ । सो बैठकको दोस्रो दिन सोमबार दुई सय १५ जना केन्द्रीय सदस्यहरुलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

Comment


Related News

Latest News

Trending News