२०८१ श्रावण २९, मंगलवार १३:५४

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए। अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।

मुख्यमन्त्री सतिशकुमार सिंह पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।

त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।

मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले सोमबार नै राजीनामा बुझाएका थिए।

Comment

Related News

Latest News

Trending News