नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले आफूले प्रमुख सचेतक पदबाट राजीनामा नदिएको प्रस्ट गरेका छन् ।
प्रमुख सचेतक झाले आफ्नो बारेमा भ्रम सिर्जना गर्ने मनसायले अफवाह फैलाएको भन्दै सोको पछि नलाग्न आग्रह गरेका छन् । उनले भने, ‘आफूले प्रमुख सचेतक पदबाट राजीनामा दिएको सत्यता छैन, यो भ्रम उत्पन्न गर्ने षड्यन्त्र हो ।’ उनले अघि थप्दैँ भने, राजीनामा बारे कसले किन भ्रम फैलाएको हो, सोबारे पनि बझ्दैँ छु ।’ उनले कपोलकल्पित कुराप्रति ध्यान नदिन पनि आग्रह गरे । प्रमुख सचेतक झाले आफ् नो चरित्र हत्या गर्ने प्रयासले यस्तो खाले दुष्प्रयास गर्ने खोजेको भन्दै आपत्ति समेत जनाए ।
उनले मधेश प्रदेशको सवालमा आफूले विभिन्न किसिमको धारणा राख्ने गरेकाले आफूमाथि विरोधीहरुले चरित्र हत्या गरी भ्रम छर्ने कार्य गरेको प्रस्ट्याए । कांग्रेस मधेश प्रदेशले संसदीय दलको नेतामा कृष्णकुमार यादवलाई निर्वाचित भएपछि उनको अध्यक्षतामा बसेको संसदीय दलको बैठकबाट प्रमुख सचेतक पदमा झालाई चयन गरिएको थियो । मधेश प्रदेशसभामा कांग्रेसको तर्फबाट २२ जना प्रदेशसभा सदस्य छन् ।