अपडेट 
२०८१ श्रावण ३०, बुधबार १४:१५

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । प्रतिनिधिसभामा उनले संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे ।

‘हामीले कठिन स्थितिमा संविधान निर्माण गरेका हौं । त्यसैगरी संविधान संशोधन गर्छौँ । संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदै छैन भन्ने होइन । हामीले मिलेर संविधान बनाएका हौं । मिलेर कार्यान्वयन गर्छौँ’, प्रधानमन्त्रीले भने ।

उनले संविधान संशोधन सहमतिको साथ गर्ने बताए ।

ओलीले भने भने, ‘दुई तिहाइ त यसै पनि चाहिन्छ । तर, जसोतसो दुई तिहाइ पुर्‍याऔं भन्ने होइन । संविधानको सर्वस्वीकार्यतालाई ध्यानमा राखेर अघि बढ्छौँ । आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।’

Comment


Related News

Latest News

Trending News