अपडेट 
२०८१ श्रावण ३०, बुधबार १९:१०

सर्लाहीको हथिऔलमा आज खोलामा डुबेका बालिकाहरुलाई बचाउन भनी पुगेका वृद्धकै डुबेर मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिका–१, हथिऔलमा बिहान १० बजेतिर घाँस काटेर घर फर्किरहेका बालिकाहरु मनुष्मारा खोलामा डुबेको देखेपछि उद्धार गर्न पुगेका वृद्धको नै डुबेर घटनास्थलमै मृत्यु भएको हो । बालिकाहरुलाई बचाउन भनी खोलामा पसेका बलरा नगरपालिका–१, कै ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।

साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । खोलामा डुबेर अजय गिरीकी छोरी १२ वर्षीया निशाकुमारी गिरी बेपत्ता छिन् । बेपत्ता निशाकुमारीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर खोजी गरिरहेका छन् ।

घाँस काटेर फर्किदै गरेकी १५ वर्षीया पिङ्की कुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News