अपडेट 
२०८१ श्रावण ३०, बुधबार १९:१४

कर्णाली प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

आज बसेकाे प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री शाहकाे पक्षमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६ जना सांसदले मत दिए । यस्तै उहाँकाे प्रस्तावकाे विपक्षमा ८ मत परेकाे छ भने एक मत तटस्थमा खसेकाे छ । आजकाे बैठकमा ४५ जना सांसद उपस्थित थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । यस आधारमा मुख्यमन्त्री शाहले प्रदेश सभाबाट दुई तिहाइ विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा शाह यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News